Comments Add Comment

नारायण गोपालको अन्तिम संगीत रहेको गीतमा रामकृष्णको आवाज

नेपाली संगीतलाई फरक धारमा प्रस्तुत गरी कालजयी गीत गाउने सुमधुर स्वरका धनी नारायण गोपालका गीतहरु आज पनि स्रोताका रोजाइ बन्ने गरेका छन् । २८ बर्षभन्दा अगाडि उहाँले गाएका गीतहरु अझै पनि रेडियो नेपाल, विभिन्न एफएम स्टेसन तथा टेलिभिजनबाट प्रशस्तै बज्ने गरेका छन् । सांगीतिक क्षेत्रका अमूल्य व्यक्ति उहाँको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यस्तै आज २८ औ स्मृति दिवसको अवसर पारेर गायक राम कृष्ण ढकालले उनै स्वरसम्राट नारायण गोपालको अन्तिम संगीत रहेको “मेरो भुगोल त्यही नै हो जहाँ तिमी अटाउछौ” बोलको गीत रेकोर्ड गरेका छन् । कमलपोखरीमा रहेको भोईस रेकर्डिङ स्टुडियोमा गायक ढकालले सो गीत रेकोर्ड गरेका हुन । यस गीतमा बिष्णुबाबु देवोकोटाको शब्द, प्रदिप श्रेष्ठको संगीत सम्योजन रहेकोे यो गीतमा कारीब ३५ बर्ष आगी स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुआचार्यले संगीत बनाएका थिए ।

गीतको रेकोर्डिङ सकिएपछी पत्रकार सम्बेलन समेत गरिएको थियो । एक पत्रकारले स्वर सम्राट स्वर्गीय नारायण गोपालको निधन भएको २८ बर्ष पछी उनकै संगीत रहेको गीतमा आफ्नु आवाज दिदा कस्तो महसुस भएको छ भन्ने प्रश्नमा भबुक हुँदै गायक ढकालले भने जसको गीत सुनेर र गाएर मेरो सांगेतिक जिवनको आरम्भ भयो उहाकै संगीतमा कारीब २८ बर्ष पछी त्यो पनि २८ औ स्मृति दिवसको अवसरमा गाउँन पाउनु यो भन्दा ठुलो मेरो लागि के नै हुन सक्छ र । उनले आँखा भरी आशु पर्दै भने शायदै यो भन्दा ठुलो श्रद्धान्जली आदरणीय नारायण गोपालज्यु प्रती के नै हुन सक्छ र ?

यस्तै यस गीतका गीतकार बिष्णुबाबु देवोकोटा भनछन् उहाको संगीतमा मेरो शब्द रहनु यो नै मेरोलागी अविस्मरणीय पल हो, त्यसमा गायक राम कृष्ण ढकालदाइको आवाज राख्न पाउनु सायदै म भन्दा भाग्यमनी कोनै हुन सक्छ र ? उन्ले भने धेरै पहिला संगीत गर्नु भएको थियो तर शब्द थिएन र पछी मलाई त्यो संगीतमा शब्द भर्न एकदमै कठिन भएको बाताए ।

यस्तै यस गीतलाई संगीत सम्योजन गरेका प्रदिप श्रेष्ठ भन्छन् यो पक्कै सरल थिएन, हामीले धेरै पटक यसको संगीत सम्योजन गरेउ तर पनि राम्रो हुन सकेको थिएन अनन्त धेरै प्रयास पछी हामी सफल भएका थियौ, मलाई धेरै खुशी लागेको छ स्वरसम्राटको संगीतमा रहेको गीत्को संगीत सम्योजन गर्न पाउदा गर्वान्वित महसुश भएको छ ।

यो संगीत कसरी यती बर्ष पछी भेटियो भन्ने प्रश्नको उतर दिदै नेपाल कला संस्कृति बिकास केन्द्रका अधक्ष्य नबरज लामा भन्छन् म स्वरसम्राट नारायण गोपालको अनुयाइ भन्न रुचाउछु र उहाको निधन पछी बिस्तारै उहाका गीत रेडियो, पत्र-पत्रीका तथा बिभिन्न संचार मध्यममा घत्दो थियो हामी २-४ जना साथीहरु मिलेर स्वरसम्राट नारायण गोपालको स्मृति दिवस मनाउन सुरु गरेउ र आहिले एओ क्रम जारी हुँदै आज २८ औ स्मृति दिवस मनाइरहेका छौ । यस्तै रसम्राट नारायण गोपालका बारेमा खोज तलस गर्दै जादा यो संगीत भेटिएको हो ।

गायक ढकालले यो भन्दा पहिला पनि स्वरसम्राट नारायण गोपालको संगीतमा माया गर्नेको चोखो माया पनि देखियो भन्ने गीत गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment