Comments Add Comment

क्यानडा सरकारले भन्यो- हुवावे उपप्रमुख पक्राउमा हाम्रो संलग्नता छैन

२१ मंसिर, काठमाडौं । चिनियाँ कम्पनी हुवावेकी उपप्रमुख पक्राउमा आफ्नो सरकारको कुनै संलग्नता नरहेको क्यानडाले स्पष्ट पारेको छ ।

हुवाईकी उपप्रमुख मेङ वाङचु अमेरिकाको आग्रहमा गत शनिबार भ्यानकभर विमानस्थलबाट पक्राउ परेको प्रकाशमा आएको थियो ।

तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेले मेङको गिरफ्तारीमा आफ्नो सरकारको कुनै संलग्नता नरहेको बताएका छन् । क्यानडा सरकारको यस्तो प्रष्टीकरणसँगै मेङको गिरफ्तारी थप रहस्यमय बनेको छ ।

मेङलाई गलत काम गरेको अभियोगमा गिरफ्तारी गरिएको अनुमान गरिए पनि प्रष्ट पारिएको छैन । हुवावेले पनि मेङ कुनै गलत काममा संलग्न रहेको जानकारी नभएको बताएको छ ।

मेङको गिरफ्तारी अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेका बेला चीनले यसलाई मानव अधिकार उल्लंघनको संज्ञा दिएको छ । मेङलाई तत्काल रिहाइ गर्नसमेत चीनले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment