Comments Add Comment

साउदीमा समस्यामा पर्नुभयो ? दूतावासमा सम्पर्क गर्नुहोस्

साउदीअरब । साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीको क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क राख्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ ।

कामदारहरुले रोजगारदाता कम्पनीले श्रमिकको तीन महिनासम्म काम नपाउने, नवीकरण नगर्ने, पारिश्रमिक नदिने लगायतका समस्याबारे दूतावासमा जानकारी गराउन सक्छन् ।

करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महिनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनः प्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत दूतावासले भनेको छ ।

दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानूनबमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा मुद्दा दायर गर्न सहजीकरण गर्ने कार्य गर्दै आएको छ ।

हाल साउदी अरबमा करीब तीन लाख ५० हजार नेपाली श्रमिक काम गरिरहेका छन् । ती श्रमिक विभिन्नस्तर र प्रकृतिको कम्पनीमा आउने गरेका छन् । हाल माग प्रमाणीकरण दूतावासको कार्यक्षेत्रमा अनिवार्य भएकाले पनि समस्याग्रस्त कम्पनी तथा इजाजतपत्रले समस्या समाधान नगरेसम्म दूतावासबाट दिने सेवा रोक्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment