Comments Add Comment

कृषिमा जापानी प्रविधि भित्र्याउन टोकियो युनिभर्सिटीसँग सम्झाैता

२१ मंसिर, काठमाडाैं ।  नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ ।

सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् ।

सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा. हिरोआकि वाकामात्सुले बिहिबार हस्ताक्षर गरे ।

चेम्बरका तर्फबाट जापानको टोकियो अवैतनिक दूतका रुपमा कार्यरत अन्तर्राष्ट्रिय कानूनका अधिवक्ता डा. बलराम श्रेष्ठको पहलमा सम्झौता भएको हो ।

सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ लैजान सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

सो युनिभर्सिटी विश्वकै दश उत्कृष्ट मध्येमा पर्ने सो अवसरमा जानकारी दिइयो । उनले कृषि प्रविधि पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति लगायत सुविधा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment