Comments Add Comment

बालबालिका मानसिक रोगको उच्च जोखिममा : अध्ययन

ब्रोनकाइटिस लगायत संक्रमणका कारण बालबालिकामा पछि गएर सिजेरोफेनिया, डिप्रेसन, बाइपोलार डिस्अर्डर लगायतका समस्या निम्तिन सक्ने हालैमा जामा साइकियाट्रीमा प्रकाशित एक शोधले जनाएको छ ।

हालसम्मकै नयाँ मानिएको यस शोधमा शोधकर्ताहरुले डेनमार्कमा सन् १९९५ जनावरी १ देखि २०१२ जुन ३० सम्म जन्मिएका करिब दश लाख बालबालिकाको अस्पताल र औषधीको प्रेस्कृप्सनको आधारमा तथ्यांक संकलन गरेका थिए ।

उक्त शोधमा संक्रमणका कारण अस्पताल भर्ना हुने बालबालिकामा बाइपोलार डिस्अर्डर र डिप्रेसन बाहेक पनि विभिन्न किसिमका मानसिक समस्या हुने जोखिम ८४ प्रतिशत सम्म रहेको पाइएको थियो ।

उनीहरुमा औषधीको सेवनद्धारा मानसिक समस्या कम गर्नुपर्ने सम्भावना ४२ प्रतिशतसम्म पाइएको थियो । जसमध्य चार प्रतिशतमा सिजेरोफेनिया, एकाग्रताको समस्या तथा एन्जाइटी तथा पर्सनालिटी डिस्अर्डरको समस्या पाइएको थियो । र, उनीहरुमध्य ५ दशमलव २ प्रतिशतमा यस्ता समस्या कम गर्नकै लागि औषधीको प्रयोग गरिएको पाइएको थियो ।

बाल्यावस्थामा हुने संक्रमण तथा इन्फ्लामेशनको रियाक्सनका कारण मस्तिष्कको विकासमा अवरोध पुग्ोर नै उनीहरुमा मानसिक समस्या निम्तने गरेको शोधकर्ताहरुको अनुमान छ ।

शोधकर्ताहरुका अनुसार एन्टीबायोटिक, एन्टी भाइरल, एन्टी फंगल तथा एन्टी प्यारासाइटिकल औषधीद्वारा निको पारिने सामान्य प्रकारको संक्रमणका कारण पनि बालबालिकामा ४० तथा २२ प्रतिशतसम्म मानसिक समस्या हुने जोखिम रहेको पाइयो । समस्या व्यक्ति पिच्छे फरक फरक हुने गर्छ ।

एउटा संक्रमण भएको पहिलो तीन महिनामा बालबालिकामा मानसिक विकार विकास हुने जोखिम उच्च हुने गरेको शोधकर्ताहरु बताउँछन् । यस्ता संकम्रण हुनुमा घर तथा वरिपरिको वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने शोधकर्ताहरु बताउँछन् ।

अतः यस शोधले आणुवंशिक, सामाजिक र आर्थिक कारण बाहेक पनि संक्रमण र त्यसका कारण उत्पन्न हुने रोगका कारण मानसिक विकार बीच मजबुत सम्बन्ध रहेको जनाएको छ ।

 (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment