Comments Add Comment

श्रीलंकामा नेपाल र भारतका पत्रकारलाई स्वागत

काठमाडौं ।  श्रीलंका प्रेस एशोसिएशन (एसएलपीए)को ६३ औं बार्षिकोत्सव अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालका तर्फबाट लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवालले अतिथिका रुपमा भाग लिए ।

श्रीलंकाको पुरानो पत्रकार संस्था एसएलपीएको बार्षिक उत्सवमा सिलवाल आमन्त्रित भएका हुन् । श्रीलंका फाउन्डेसनको सभाहलमा सम्पन्न कार्यक्रममा इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे) तर्फबाट भारतका प्रतिष्ठित १६ पत्रकारको समूहलाई नित्म्याइएका थियो ।

नेपाल तथा भारतका पत्रकारको सम्मानमा आयोजित कार्यक्रममा बाजासहितकोे श्रीलंकाको अनेक परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमपछि श्रीलंकास्थित राष्ट्रिय पर्यटन प्राधिकरणको सौजन्यमा श्रीलंकाका पर्यटकीय, धार्मिक र प्राकृतिक क्षेत्रहरुको सात दिने अवलोकन भ्रमण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment