Comments Add Comment

मदिराको भयावह नतिजा : १० सेकेन्डमा एक जनाको मृत्यु

‘यो रक्सीको जातै यस्तै’, ‘अलिकति मात्र हो पिएको, लौन हजुर जातैले दिएको’ यस्ता अनगिन्ती गीत बनेको मदिराको विषयमा ।

ठेट भाषामा रक्सी, जाँड र अलि परिस्कृत शब्दमा मदिरा । पिता-पूर्खादेखि पिउँदै आएको पेय भनेर यसलाई हामीले निरन्तरता दिदै आएका छौं । मदिरा पिउनुलाई हामी ‘परम्परा’, ‘संस्कृति’ भनेर भ्रमित बनाउने चेष्टा गर्छौं ।

वास्तवमा मदिरा आफैमा संस्कृति होइन । मदिरा पिउनु सभ्यता होइन । मदिरा न स्वास्थ्यका लागि आवश्यक छ, न समाजका लागि । दुबैका लागि हानिकारक छ ।

यो त एक विकार हो । समाजलाई ध्वस्त बनाउने । मान्छेको मनोवृत्ति खराब बनाउने ।

कुरुप मदिरा

मदिरा सबैभन्दा पुरानो नशालु पदार्थको रुपमा लिइन्छ । नशाजन्य पदार्थमा सर्वाधिक प्रयोग गर्ने वस्तु, हो मदिरा । तर, मानव स्वास्थ्यका लागि भने हानिकारक छ ।

मदिरा प्रयोगको मात्राले व्यक्ति र समाजलाई कति प्रभाव पार्छ भन्ने कुराको निर्धारण गर्छ । मदिराको अत्याधिक सेवनले संक्रमणीय रोगहरुका साथै सामाजिक सम्बन्धमा तिक्तता ल्याउने र आर्थिक रुपमा पनि हानी पुर्‍याउँछ । यसले शारीरिकदेखि कडा खालको मानसिक रोगसम्मको शिकार बनाउँछ :

भयावह तथ्यांक

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार प्रत्येक १० सेकेन्डमा एक जना र प्रत्येक वर्ष ३३ लाख (३.३ मिलियन) मानिसले अत्यधिक मदिरा सेवनको कारण अकालमा ज्यान गुमाउने गर्छन् ।

यो विश्वको वार्षिक  मृत्युको  ५ दशमलब ९  प्रतिशत हो । विश्वमा लाग्ने रोगमध्ये ५ दशमलब १ प्रतिशत रोग मदिराको कारण लाग्ने गर्छ ।

२० देखि ३९ वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुने गरेेको अनुसन्धान बताउँछ ।

एक बर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले औसत २१.२ लिटर र महिलाले औषत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गर्छन् । रुसका पुरुषहरुले औषत ३२ लिटर शुद्ध रक्सी प्रयोग  गर्ने गरेको सन २०१० को विश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ ।

मदिराको असर

– मदिराको बढी सेवनले स्वंय व्यक्तिलाई त असर पार्छ नै परिवारका सदस्य, साथी, सहकर्मी र अपरिचितमा समेत नकरात्मक प्रभाव पर्न जान्छ । यद्यपी वातावरण, आर्थिक अवस्था, साँस्कृतिक पक्षलगायतका कुराले मानिसलाई मदिरा सेवनको लागि प्रेरित गर्छ ।

– मानिसले जति अव्यवस्थित र नियमित मदिराको सेवन गर्दै जान्छ त्यतिनै मस्तिष्कमा पनि नकरात्मक असर पर्दै जान्छ । रगतमा रहेको मदिराको मात्राअनुसार मस्तिष्कमा असर पर्ने गर्छ ।

– अत्याधिक मदिरा सेवनले मानिसमा मानसिक विचलन,  चोटपटक र विचार आदान प्रदान गर्न नसक्नेजस्ता समस्या ल्याउने गर्छ ।

– गलत तरिकाले मदिराको सेवन गर्दा २०० भन्दा वढि रोग लाग्ने गर्छ । मदिराको अत्याधिक सेवनले जन्डिस, अल्सर, टीबी, उदासीनता, चिन्ता, डर, बेहोसी, हातखुट्टा काप्नेदेखि कडाखालको मानसिक समस्या समेत हुन सक्छ ।

अल्कोहलिकको व्यवहार

– मदिराको लत भएका मानिसले झट्ट अस्वीकार गर्ने बानी हुन्छ । यस्ता व्यक्तिहरुले अलि बढि आफ्नो प्रशंसा गर्ने र प्रतिवाद गर्छन् ।

– मदिरा सेवन गर्ने मानिसले सजिलैसँग झुटो बोल्छन् भने अरुमा अनावश्यक दोष थुपार्ने गर्छन् ।

– मदिरा बढी पिउने मानिसले सकभर मदिराको बारेमा कुरा गर्न रुचाउँदैनन् । बरु व्यवहारिक कुराकानीबाट गफ गर्न शुरु गर्छन् । कोहीसँगै एक्लै वा नजिकको साथीसँग मात्र मदिरा सेवनको बारेका कुरा गर्छन् ।

– मदिराको लत भएकाहरुलेे मदिरालाई नैतिकतासँग जोडेर कुरा गर्छन् ।

– रक्सी र अन्य लागूपदार्थको उपचार लिए पछि छिटै  पुनरावृति हुने सम्भावना धेरै हुन्छ  ।

उपचार विधि

– मदिरा प्रयोगकर्ताको अवस्था र कारणअनुसार विभिन्न तरिकाले उपचार गरिन्छ । बिशेष गरी विषमुक्तिकरण, औषधी उपचार, मनोचिकित्सा, मनोविमर्श, व्यवहार परिवर्तन, बहुआयामिक पद्धति, पुर्नस्थापना केन्द्र आदिको माध्ययमबाट मदिराको लत छुटाउन सकिन्छ ।

– लत भएको व्यक्तिलाई छुटाउदा शुरुमा आत्तिने, नताव महसुष गर्ने, छटपटिने गर्छन् । यस्तो अवस्थामा शारीरिक तथा मानसिक प्रतिक्रिया देखिने गर्छ । अत्याधिक पसिनो आउने पनि गर्छ ।

लेखक द स्कुल अफ् साईकलोजी नेपालका अध्यक्ष हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment