Comments Add Comment

‘क्यालेन्डर यूएसए’मा सारादेखि सम्पदासम्म

अमेरिकामा रहेर नेपाली कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली नायिका तथा मोडलहरुलाई देख्न सकिन्छ । सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ ।

‘क्यालेन्डर यूएसए–२०१९’ शिर्षक राखिएको क्यालेन्डरमा समावेश फोटोहरु महेश प्रधान, विक्रान्तमान श्रेष्ठले खिचेका हुन् । यो समुहले यस अगाडि पनि क्यालेन्डर सार्वजनिक गरिसकेको जानकारी सदस्य मध्येका एक रोशन पुरीले बताएका छन् ।

नेपाली मोडलहरु पनि कम छैनन् भन्ने देखाउनका लागि यो क्यालेन्डर सार्वजनिक गरिएको पुरीले बताएका छन् । यसपटक गुणस्तरमा समेत ध्यान दिनका लागि नेपाल र अमेरिकामा बस्ने मोडलहरुको फोटोसुट नै गरेर क्यालेन्डर निकालिएको पुरीले जानकारी दिएका छन् ।

क्यालेन्डरमा सन् २०११ कि मिस नेपाल युएस सुजिता बस्नेत , मोडल उकुसा गिरी, मोडल रोजी खुराना , मोडल सुनिक्षा मैनाली , मोडल स्वस्तिका प्रधान , मोडल न्यान्सी थापा, मोडल सिमरन चुडाल , मिस ग्लोबल क्विन २०१५ को विजेता जस्मिन गुरुङ , मोडल दिपमाला ढकाल , मोडल श्रीया लोहनी , मोडल निकी आचार्य , मोडल सम्पदा बानियाँ र नायिका सारा सिर्पालीका तस्बिर क्यालेन्डरमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment