Comments Add Comment

सरकार पूर्णरुपमा असफल भएर आत्तिएको छ: प्रकाशमान सिंह

२१ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपमा असफल भइसकेको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ८ का क्षेत्रीय सभापति स्व.जुद्धरत्न बज्राचार्यको समृतिमा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीले काम गर्न नसकेर आत्तिएको टिप्पणी समेत गरे ।

केही दिनअघि मात्रै प्रधानमन्त्रीले बुद्धिजीवीहरुप्रति गरेको टिप्पणीले सरकार असफल भएको प्रमाणित भएको नेता सिंहको दावी छ ।

पछिल्लो समय सत्तारुढ दलका नेताहरुका अभिव्यक्तिबाटै यो सरकारबाट पार लाग्दैन भन्ने थाहा भइसकेको भन्दै सरकार कति बलियो र प्रभावकारी छ भन्नेसमेत प्रष्ट भइसकेको बताए ।

अर्काे फरक प्रशंगमा नेता सिंहले जनताले सरकार कता गइरहेको छ र प्रतिपक्षीले के गरिरहेको छ भन्ने प्रश्न गरिरहेको भन्दै सशक्तरुपमा सरकारको खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले तत्काल प्रभावकारी कार्यक्रम तय गरी आन्दोलनमा उत्रिन काठमाडौंका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment