Comments Add Comment

जमीनभन्दा ३ हजार फिटमुनि रहेको अनौठो गाउँ

दुनियाँमा रहेका केही भूमिगत होटल तथा रिसोर्टहरुमा रात बिताउनका लागि मानिसहरु लाखौँ खर्च गर्न तयार हुन्छन् । तर अमेरिकामा रहेको एउटा भूमिगत गाउँको बारेमा धेरैलाई थाहा छैन । यद्यपि, बर्सेनि यो गाउँमा लाखौँको संख्यामा पर्यटक आउँदछन् ।

अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकैको हवासू क्यानोनस्थित सुपाई नामको यो भूमिगत गाउँ जमिनभन्दा ३ हजार फिट तल रहेको छ ।

यो गाउँ हेर्नका लागि वर्षमा ५५ लाख मानिस एरिजोना आउँदछन् ।

हवासू क्यानोन नजिकै एउटा गहिरो खाडी छ । सोही खाडीमा उक्त गाउँ अवस्थित रहेको छ ।

सो गाउँको कूल जनसंख्या २ सय ८ जना रहेको छ । सो गाउँमा रेड इण्डियन जातिका मानिसहरु बस्दछन् ।

यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलग्गिएको छ । त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ । पैदल जानु वा खच्चडमा चढेर जानु दुईमात्र विकल्प छन् गाउँमा छिर्नका लागि ।

त्यो गाउँमा अहिलेसम्म चिठीपत्र तथा मालवासमानको ढुवानी र आदानप्रदान खच्चडमा राखेर हुने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment