Comments Add Comment

७ वर्षको बच्चाको कमाई ३ अर्ब रुपैयाँ

एउटा सात वर्षको बच्चाले कति पैसा कमाउँछ ? यो उमेरका बालकले कमाउने होइन, बरु आमाबाबुको रकम खर्च गराउँछन् ।

तर दुनियामा यस्ता बच्चा पनि छन् जसले सात वर्षको उमेरमै वार्षिक तिन अर्ब रुपैयाँ भन्दा धेरै कमाई गर्दछन् ।

अमेरिकाका रेयान नामका यी बालक हरेक हप्ता युट्युबमा केटाकेटीले खेलाउने खेलौनाको समीक्षा गर्दछन् । उनका यिनै युट्युब भिडियो मार्फत दैनिक लाखौँ कमाई हुन्छ ।

रेयानले गत वर्ष १ करोड १० लाख डलर कमाए । यो वर्ष कमाई बढेर २ करोड २० लाख भएको छ । जुन झण्डै तिन अर्ब रुपैयाँ हो ।

रेयान टोएज रिभ्यू नामक युट्युब च्यानल उनी चलाउँछन् ।

उनका भिडियोहरु करोडौँले हेर्छन् । युट्युब भिडियो मार्फत रेयान दर्शकलाई खेलौनाको दुनियामा लग्छन् ।

रोचक त के भने सन् २०१७ मा फोब्र्स म्यागेजिनले उनलाई विश्वमा सबैभन्दा धेरै कमाउने युट्युब सेलिब्रेटीको सूचिमा राखेको थियो ।

सन् २०१५ को मार्चबाट उनको युट्युब च्यानल सुरु भएकोमा अहिलेसम्म त्यसमा १६ अर्बभन्दा धेरै भ्यूज पुगिसकेको छ ।

तर यतिधेरै चर्चित हुँदापनि रेयानका बारेमा दुनियालाई खासै धेरै जानकारी छैन । उनी अमेरिकी बालक हुन् भन्नेमात्र थाहा छ ।

अघिल्लो वर्ष वाशिंटन पोष्टलाई दिएको एक अन्तर्वार्तामा रेयानकी आमाले भनेकी थिइन्, ‘रेयान तिन वर्षको हुँदाखेरि युट्युब च्यानल खोल्ने सोँच आयो । रेयान सानै उमेरबाट खिलौनाको रिभ्यूवाला टिभी च्यानल निकै हेथ्र्यो ।’

रेयानको एउटा भिडियो ९३ करोड भन्दा धेरै पटक हेरिसकिएको छ । अहिले उनको च्यानललाई एक करोड ७३ लाख भन्दा धेरैले सब्स्क्राइब गरिसकेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment