Comments Add Comment

कमजोर ‘केदारनाथ’, साराको कामका प्रशंसा

आजबाट बलिउड चलचित्र ‘केदारनाथ’ रिलिज भएको छ । सुशान्त सिंह राजपुत र सारा अली खानको मुख्य भूमिका रहेको यो चलचित्रले प्रेमको कथा बताएको छ । केदारनाथमा आएको प्राकृतिक विपत्ती समेतलाई जोडेर तयार पारिएको यो चलचित्र मुख्यतया प्रेमकै कथामा घुमेको छ ।

चलचित्र रिलिज भएसँगै यसको समिक्षा समेत सामाजिक संजालमा आउन थालेको छ । तर, यो चलचित्रको समिक्षा राम्रो छैन । चलचित्र हेरेका बलिउडका पण्डितहरुले यसलाई कमजोर भनेका छन् । चलचित्रको कथावस्तु निकै कमजोर रहेको र भन्न के खोजिएको भन्ने स्पष्ट सोच निर्देशकसँग नभएको उल्लेख गरेका छन् ।

तर, चलचित्र हेरेका सबैले नव–नायिका साराअली खानको भने उच्च प्रशंसा गरेका छन् । यो चलचित्रबाट साराले बलिउडमा बलियो संभावना देखाएको बलिउड समिक्षकहरुले बताएका छन् । अधिकांशले चलचित्रलाई २ रेटिङ दिएका छन् ।

यसैले यो चलचित्रले बक्स अफिसमा राम्रो कलेक्शन गर्ने संभावना कम छ । नेपालमा पनि यो चलचित्र आजबाट रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment