Comments Add Comment

चीनमा एनआरएनए तदर्थ समिति गठन

ग्वान्जौ/ चीनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) गठन गरिएको छ । सुदेशकुमार झाको नेतृत्वमा ११ सदस्यीय तदर्थ कमिटी गठन गरिएको हो ।

गतवर्ष नयाँ कार्यसमिति चयन हुन नसकेपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले चीनका लागि अमृता थापालाई गतवर्ष नै आईसीसी सदस्यमा नियुक्त गरेको थियो ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् एवं आइसीसी सदस्य थापाकै पहलमा संस्थाको विधान बमोजिम सदस्यता नविकरण गर्ने, साधारण सभा गर्ने र नयाँ कार्यसमितिको लागि निर्वाचन गराउनेसम्मको जिम्मेवारीसहित सम्पूर्ण चीनबाट प्रतिनिधित्व हुनेगरी तदर्थ कमिटी गठन गरिएको हो ।

आईसीसी सदस्य थापाले सम्पूर्ण सस्यहरुलाई पदभार ग्रहण गराउँदै विविध कारणले एक वर्ष नेतृत्वविहीन रहेता पनि अब भने अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट आएको जिम्मेवारी समयमै पूरा गरी एनआरएन चीनको गरीमालाई जोगाइराख्न अनुरोध गरिन् ।

तदर्थ समितिको उपाध्यक्षमा प्रदीप न्यौपाने, विनोद तिमल्सिना, रोहित अग्रवाल, महासचिवमा सुशील बेल्बासे, सचिवमा तीर्थ पौड्याल, कोषाध्यक्षमा यमबहादुर क्षेत्री (ओम) रहेका छन् ।

यस्तै, महिला संयोजकमा रञ्जिता आचार्य, युवा संयोजकमा बलराम तामाङ्ग -लामा) चयन भएका छन् भने सदस्यहरुमा ज्योती शिलवाल, राजेन्द्र जमकट्टेल, बुद्धि प्रसाद शर्मा, मुकेश श्रेष्ठ,सुरज न्यौपाने, तुलसी न्यौपाने,सविता बर्तौला र डा. किशोर छन्त्याल रहेका छन् ।
तदर्थ समितिको पहिलो बैठक समेत बसेको छ ।

बैठकले डिसेम्बर ८ र ९ मा हङ्गकङ्गमा हुन गइरहेको एशिया प्रशान्त क्षेत्रीय सम्मेलन एवं महिला सम्मेलनका लागि एक हजार डलर र अन्तर्राष्ट्रिय समन्वय परिषद्को योजना सिन्धुलीगढी दरबार जिर्णोद्वारका लागि एकलाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ ।

संस्थाको कोष शुन्य रहेकाले पहिलो बैठकबाटै पैतालिस हजार युयान अर्थात साढे सातलाख रुपैयाँ बराबरको रकम कोषमा जम्मा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment