Comments Add Comment

ईपीएल क्रिकेटः विदेशी खेलाडी र चियरलिडर्सको आकर्षण

२१ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिगता भोलि शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । हालै सम्पन्न पोखरा पि्रमियर लिग (पीपीएल)ले पहिलो संस्करणमा नै टी-२० फ्रेन्चाइज लिगमा एउटा स्ट्याण्डर्ड कायम गरेपछि ईपीएल आयोजक निक दबाव छ ।

उसो भए ईपीएलको तेस्रो संस्करणले चिसो बन्दै गरेको काठमाडौंलाई कति तताउला ? प्रबन्ध निर्देशक आमिर अख्तर भन्छन्, ‘तयारी अन्तिम चरणमा पुगेको छ । गत वर्षको भन्दा ठूलो, भब्य र व्यावसायिक प्रतियोगिता हुनेछ लिग ।’

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा यस्ता प्रतियोगिताले खेलाडीहरुलाई म्याच एक्सपोजर दिने बताउँछन् । उनले भने ‘टी-ट्वान्टी फम्र्याटका सबै प्रतियोगिताको आफ्नै महत्व छ । ईपीएलले विदेशी खेलाडी, प्रशिक्षक र चेयरलिडर्ससमेत ल्याएर प्रतियोगिताको स्तर बढाएको छ ।’

बिजुली र पानीको समस्या

ईपीएलको आयोजना टियू क्रिकेट मैदानमा हुँदैछ, जुन नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान हो । तर, यो मैदानमा अझै पनि आधारभूत पूर्वाधारको अभाव छ ।

सबैभन्दा टड्कारो समस्या छ पानी र बिजुली । प्रबन्ध निर्देशक अख्तर भन्छन्, ‘हामीले अहिले ट्याङकरबाट दैनिक १२ हजार लिटर पानी किनिरहेका छौं । यसरी दैनिक पानी किन्नुपर्दा हामीमाथि आर्थिक भार बढेको छ ।’

अर्को समस्या नियमित विद्युत आपूर्ति छैन । ईपीएलका लागि जेनेरेटरबाट विद्युतको व्यवस्था गरिँदैछ ।

यो विषयमा नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा पनि चिन्तित छन् । ‘बोरिङको लागि हामीले राखेपमा अनुरोध गरेका थियौं तर टेष्ट गर्दा कतै पनि पानी भेटिएन’ उनी भन्छन्, पहिले बिजुलीको लाइन थियो तर कारणबस काटियो । फेरि जडान गर्न मैले मिटिङहरुमा कुरा राख्ने गरेको छु ।’

यसपालिको रौनक

प्रतियोगिताको तेस्रो संस्करण अघिल्लाभन्दा विशेष हुने आयोजकको दावी छ । फ्रेन्चाइज टिमहरुले अनुभवी विदेशी खेलाडी भित्र्याएकाले यो दाबी स्वभाविक लाग्छ ।

यति मात्रै होइन, मैदानमा पहिलो पटक व्यवसायिक विदेशी चियरलिडर्सले मनोरञ्जन थप्ने छन् । ईपीएलका लागि लण्डनबाट चियरलिडर्स ल्याउन लागिएको हो ।

६ जना चियर्सलिडर्सलाई दुई टिममा बाँडिने छ । प्रत्येक टिमका लागि तीन जना चियर्सलिडर्स चौका र छक्कामा उपि|mनेछन् । प्रवन्ध निर्देशक आमिर भन्छन्, ‘गत वर्ष हामीले देख्यौ दर्शकको उपस्थिति । उहाँहरुकै साथ र सहयोगले यो स्थानमा आएको छ । योपटक झनै हामी फरक तरिकाले गर्न खोजिरहेका छौं ।’

१७० माथि रन

त्रिवि क्रिकेट मैदानको पिच ब्याटिङ भन्दा बलिङका लागि बढि अनुकुल मानिन्छ । तर दर्शकलाई रोचकता र मनोरञ्जन दिने त चौका र छक्काले हो । त्यसैले यसपाली पीचलाई ब्याटिङ फ्रेन्डली बनाइएको प्रबन्ध निर्देशक अख्तर बताउँछन् ।

ईपीएलकै लागि भनेर दैनिक १४ जना कामदारले पिच र मैदानमा काम गरिरहेका छन् । पिचको कन्डिसन बुझ्दै गर्दा भेटिएका नेपालका मुख्य प्रशिक्षक टमाटा भन्छन्, ‘आउट फिल्ड राम्रो भइरहेको छ । पूर्णरुपमा यो फ्लाट विकेट हुनेछ । घाँस छैन । जे होस, स्कोर राम्रो बन्छ । १७० भन्दा माथि जान सक्छ ।’

यस्ता छन् टिमः

विराटनगर वारियर्स

खेलाडीः पारस खड्का, बसन्त रेग्मी, अनिलकुमार शाह, आसिफ शेख, रामनरेश गिरी, प्रनित थापामगर, पुष्प थापा, आकाश विष्ट, हरी चौहान, सुमित महर्जन ।

विदेशी खेलाडीः बाबर हायत (हङकङ), पाउल भेन म्याकेरन (नेदरल्यान्ड्स), रोलोफ भेन डि मार्वे (नेदरल्यान्ड्स), स्मित पटेल -भारत)

काठमाडौं किंग्स इलाभेन

खेलाडीःसोमपाल कामी, सागर पुन, राजु रिजाल, नरेश बुढाऐर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, अमरसिंह रौटेला, विक्रम भुषाल, सांसद शेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा

विदेशी खेलाडीः रोहन मुस्ताफा (यूएई), केभिन ओब्राइन (आयरल्यान्ड), प्रदीप शाहु (भारत)

ललितपुर प्याट्रियट्स

खेलाडीः ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, ललित राजवंशी, शंकर राना, सोनु तामाङ, कुशल भुर्तेल, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, सुमित झा, राशिद खान, पवन सर्राफ, कमल खत्री

विदेशी खेलाडीः सन्नी पटेल (भारत), जयकिशन कोल्सावाला (भारत), गौरव टमोर (भारत)

पोखरा राइनोज

खेलाडीः शक्ति गौचन, विनोद भण्डारी, सुनिल धमला, राजेश पुलामी मगर, सुशान भारी, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम शोब, नन्दन यादब

विदेशी खेलाडीः कायल कोल्ट्जर (स्कटल्यान्ड), पाउल कोलिङ (इंग्ल्यान्ड), रिचार्ड लेभी (दक्षिण अफ्रिका), सन्नी भिमसारिया (हङकङ)

चितवन टाइगर्स

खेलाडीः पृथु बास्कोटा, दीपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, आदिल खान, कमलसिंह ऐरी, साहब आलाम, सागर ढकाल, भीम सार्की, सन्दीप सुनार, अकाश थापा

विदेशी खेलाडीः जर्ज स्कट (इंग्ल्यान्ड), जोन सिम्पसन (इंग्ल्यान्ड), पाउल स्टिर्लिङ (आयरल्यान्ड)

भैरहवा ग्लाडिएटर्स

खेलाडीः शरद भेषवक, प्रदीप ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा ।

विदेशी खेलाडीः मोहम्मद नाभिद (यूएई), रायन टेन ड्यासच्याट (नेदरल्यान्ड्स), रविइन्दर सिंह (भारत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment