Comments Add Comment

आयरल्यान्डले बंगलादेश र वेष्ट इन्डिजसँग त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । आयरल्यान्डले बंगलादेश र वेष्ट इन्डिजसँगको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ ।

त्रिकोणात्मक सिरिज २०१९ को मेमा हुनेछ । बंगलादेश र वेष्ट इन्डिजसँग खेल्न लागेको यो पहिलो सिरिज हो ।

एकदिवसीय मान्यता पाएपछि पहिलो पटक ठूला त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको आयरल्यान्डले खेल तालिका भने इंग्ल्यान्डसँग एकदिवसीय खेलेपछि सार्वजनिक गर्नेछ ।

मे पाँचमा सुरु हुने त्रिकोणात्मक सिरिजको फाइनल खेल भने मे १७ तारिखमा हुनेछ ।

आयरल्यान्ड आगमी वर्ष निकै ब्यस्त रहने छ । उसले १६ इन्टरनेशनल म्याच खेल्ने छ । त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज, इंग्ल्यान्डसँग एकदिवसीय, अफगानिस्तानसँग दुई एकदिवसीय र जिम्बाब्वेसँग तीन म्याचको एकदिवसीय र तीन टी-ट्वान्टी इन्टरनेशनल सिरिज खेल्ने छन् ।

त्यसो त, २०१९ मार्चमा आरयल्यान्डले अफगानिस्तानसँग सबै क्रिकेट फम्र्याटको सिरिज पनि खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment