Comments Add Comment

‘सारेगमप’बाट बाहिरिइन् मेनुका पौडेल

चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । टप ११ को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी आउट भएकी हुन् । उक्त रियालिटी शोका जजहरुले मेनुकाको निकै प्रशंसा गर्ने गरेका थिए । अडिसनमा उनले ‘जाने क्या बात है’ गाउँदा जजहरुले ‘तिम्रो मूल्यांकन गर्ने हाम्रो औकात छैन’ सम्म भनेका थिए । उनले हरेक प्रस्तुतिहरुमा उच्च स्कोरसहित स्ट्यान्डिङ अभेसन पाउँदै आएकी थिइन् । तर मेनुकाको यात्रा लामो हुन सकेन ।

गत शनिबार प्रशारित पछिल्लो एपिसोडमा आफ्नो छैंटौं प्रस्तुति दिएकी मेनुकाले कम स्कोर ल्याइन् । उक्त एपिसोडमा ‘सारेगामप लिटल च्याम्प’ का विजेता श्रेयान भट्टाचार्यसँग युगल गाएकी मेनुकालाई जजहरुले ८८.७ प्रतिशत स्कोर दिए । जज वाजिद खानले मेनुकाको प्रस्तुति सुन्दर भए पनि म्याजिकल नभएको प्रतिक्रिया दिएका थिए ।

यस एपिसोडसँगै प्रतियोगितामा उनको यात्रा टुंगियो । उनी आउट भएको एपिसोड भोली प्रशारण हुनेछ । आफू आउट भएपछि मेनुकाले टप ११ सम्म आइपुग्नु नै आफ्नो लागि गर्वको कुरा भएको बताएकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘अर्को साल फेरि यो कार्यक्रममा आउनुपर्छ भन्ने लागेको छ ।’

मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । त्यसमा पनि उनी टप ११ बाटै आउट भएकी थिइन् । सारेगमप भारतको सबैभन्दा पुरानो गायन रियालिटी शो हो । १ मे १९९५ बाट जीटीभीले यसको प्रशारण सुरु गरेको थियो । पहिलो संस्करणमा प्रख्यात गायक सोनु निगमले यसको होस्ट गरेका थिए । अहिले नेपाली गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले यसको होस्ट गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment