Comments Add Comment

श्रीमती माइत पठाइदिएको भन्दै कैलालीमा बुवा र ठुलोबुवाको हत्या

२१ मंसिर, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका छन् । आमा भने घाइते भएकी छन् ।

लम्कीचुहा नगरपालिका-४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको जिल्लाप्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आमा द्धिलबाहादीदेवी चौधरी घाइते भएकी छन् । टाउको र बायाँ कानमा चोट लागेकी उनको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरीलालले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए ।

जहरिलाललाई प्रहरीले पक्राउ गरिसकेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment