Comments Add Comment

टिपरले च्यापेर मकवानपुरमा एकजनाको मृत्यु

२१ मंसिर, हेटाैंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरकाे मनहरी-६ सुनाचुरीमा टिपरकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ ।

नारायणगढबाट हेटाैंडातर्फ अाउँदै गरेकाे ना७ख ५८५२ नम्वरकाे टिपरले हेटाैंडातर्फ अाउँदै गरेकाे ना३३ प १८०१ नम्वरकाे माेटरसाइकललाई ठक्कर दिदा वीरगञ्ज महानगरपालिका -९ का ३८ वर्षीय कृष्णप्रसाद कट्टेलकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मोटरसाइकलमा ठोक्किएर लडेका कट्टेललाई टिपरकाे चक्काले किच्दा घटना स्थलमा नै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय मनहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment