Comments Add Comment

ढोरपाटन महिला भलिबल लिग च्याम्पियनसिप माघमा

२१ मंसिर, काठमाडौं । १४ औं रेडबुल ढोरपाटन सुजुकी महिला क्लब लिग च्याम्पियनसिप आगामी माघमा हुने भएको छ ।

ढोरपाटन क्लबले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ पाँच गतेदेखि १९ गतेसम्म जानकारी दिएको हो । प्रतियोगिता नयाँ बस पार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहनेछ, जसमा एपीएफ क्लब, न्यूडायमण्ड, नेपाल पुलिस क्लब, टप्स उच्च मावि, आर्मी, श्री गाउँ खेलकुद विकास समिति दाङ, चितवन टाइगर्स, थ्रीस्टार एकेडेमी, पारामाउन्ट बोर्डिङ स्कुल सेव स्कुल र थाहा नगरपालिका मकवानपुर छन् ।

प्रतियोगिताको विजेताले ट्रफिसहित तीन लाख ५० हजार हात पार्नेछ भने उपविजेताले दुई लाखमा चित्त बुझाउनेछ । तेस्रो हुने टिमले एक लाख पाउँदा चौथो स्थानमा चित्त बुझाउने टिमले ६० हजार नगद प्राप्त गर्ने छ । पाचौ हुनेले ४० हजार, छैटौंले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन् ।

यो पटक पनि प्रतियोगिताको पाँच विधाका विजेताले स्कुटर प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, प्लेयर अफ द सिरिज र वर्ष खेलाडी घोषित हुने प्रत्येक खेलाडीले एक-एक थान स्कुटर पाउने छन् । त्यस्तै भाग्यमानी दर्शकले पनि एक थान स्कुटर प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment