Comments Add Comment

आइएमई ग्रुपले पोखरामा खोल्यो अशोक लेल्याण्डको शाखा

२१ मंसिर, काठमाडौं । आइएमई ग्रुपले पोखरामा अशोक लेल्याण्डको शाखा बिस्तार गरेको छ ।  आईएमई ग्रुपले आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्याण्डको शाखा पोखरा महानगरपालिका वडा नम्बर १४ स्वागतनगर चाउथेमा शाखा खोलेको हो ।

शाखाको शुक्रबार आयोजित एक कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्घाटन गरे । पोखराको स्वागतनगर चाउथेमा खोलिएको यस शाखाबाट आइएमई ग्रुपले अशोक लेल्याण्डका बस, ट्रक, टिप्पर र पिकअप भ्यान बिक्री गर्नुका साथै सर्भिस र स्पेयर पार्टस्हरु उपलब्ध गराउने आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए ।

पोखरा शाखामा अशोक लेल्याण्डका १ टनदेखी ४९ टनसम्मका सामान बोक्ने गाडीहरु, १६ सिटदेखी ७० सिट क्षमतासम्मका बसहरु, ४ क्यूविक मिटरदेखी २२ क्यूविक मिटर क्षमताका टि्रपर, ट्रक, विभिन्न स्पेसल प्रयोजनका दमल, आरएमसी, रिकभरी भेहिकल, पेट्रोल, ट्रयाङ्कर, डिफेन्स भेहिकल, ग्यास बुलेटलगायतका गाडीहरु बिक्रीका लागि राखिने उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अशोक लेल्याण्डका गाडीहरु बलियो र विश्वासिलो भएकाले पोखरामा यसले छिट्टै मार्केट लिने बताए ।

उनले केहि अघिसम्म सर्भिस सेन्टर नहुँदा राम्रो हुँदाहुँदै पनि अशोक लेल्याण्डका गाडीहरु कम बिक्री भएपनि अब सर्भिस सेन्टर नै पोखरा आएपछि यसको बिक्री हृवात्तै बढ्ने विश्वास व्यक्त गरे ।

साथै उनले आगामी दिनमा गाडी बिक्रीसँगै सर्भिस सेन्टरहरु अझ धेरै खोल्न सुझाव पनि दिए । कार्यक्रममा बोल्दै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आफूहरुले पोखरामा थि्र एस. अर्थात सेल्स, सर्भिस र स्पेयर्सको पूर्ण ज्ञारेन्टी गरेको बताए ।

आइएमई मोटर्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले आफूहरुले बिक्री पछिको सुविधालाई ध्यान दिएर सर्भिससहितको शाखा खोलेको स्पस्ट पारे ।

अशोक लेल्याण्ड भारतका भाइस प्रेसिडेन्ट रभि पंगाले आगामी २ वर्षमा अशोक लेल्याण्डका गाडीहरु नेपालमा १० हजार बिक्री हुने दाबी गरे । उनले अशोक लेल्याण्ड कम्पनी विश्वकै उत्कृष्ट १० मा पर्ने र यसले उत्पादन गर्ने सामान बलियो र भरपर्दो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment