Comments Add Comment

सरकारको विरोध गर्नेलाई कामबाट जवाफ दिन्छौंः प्रधानमन्त्री

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सुशासन र विकास पहिलो शर्त भएको बताए । उनले भने, ‘यसमा सरकार प्रतिवद्ध छ । यो अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।’

सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘केही मानिसहरुले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं ।’
उनले इन्जिनियर पेशलाई मर्यादित र विश्वसनीय बढाउनु पर्नेमा जोड दिए । ‘तपाईहरुको पेागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ’ उनले भने ।

एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment