Comments Add Comment

म निर्मला, मलाई न्याय चाहियो !

२२ मंसिर, काठमाडौं । निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै बानेश्वरमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म आएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोष्टर बोकेका थिए ।

प्रदर्शनमा उल्लेख्य संख्यामा युवाहरु सहभागी भएका थिए । उनीहरुले ‘असक्षम गृहमन्त्री राजीनामा दे’, ‘गोर्खालीको देशमा न्यायको अनिकाल’, ‘प्रहरी, प्रमाण जुटाउनका लागि कि मेटाउन, म निर्मला, मलाई न्याय चाहियो’ लगायत नारा लगाएका थिए ।
बानेश्वरमा युवाहरुले सडक नाटक समेत देखाएका छन्, जसमा निर्मलाको कसरी हत्या गरिएको थियो भन्ने देखाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment