Comments Add Comment

चिनियाँ कम्पनीले ल्याउँदैछ ४८ मेगापिक्सेल क्यामेरा भएको पहिलो स्मार्टफोन

स्मार्टफोन निर्माता चिनिया कम्पनी शाओमीले विश्वमै पहिलोपटक ४८ मेगापिक्सेलको उच्च क्षमतायुक्त क्यामेरा भएको स्मार्टफोन ल्याउने भएको छ ।
आगामी जनवरी महिनामै शाओमीले उक्त स्मार्टफोन लञ्च गर्ने तयारी गरेको बताइएको छ ।

शाओमी कम्पनीका अध्यक्ष लिन बिनले सोसल मिडियामा मार्फत यसको पुष्टि गरेका छन् । उक्त स्मार्टफोनमा स्नापड्रागन ६७५ प्रोसेसर रहनेछ ।

स्मरण रहोस् सोनी कम्पनीले गत जुलाईमा ४८ मेगापिक्सेलको सोनी आइएमएक्स ५८६ सेन्सर लञ्च गरेको थियो । सेप्टेम्बर महिनाबाट सोनीले उक्त सेन्सरको बिक्रि सुरु गरेको थियो । शाओमीले आफ्नो स्मार्टफोनमा सोनी कम्पनीकै सो सेन्सरको प्रयोग गरेको बताइएको छ ।

लिन बिनद्वारा शेयर गरिएको पोस्ट अनुसार उक्त स्मार्टफोनमा रियर क्यामराको लेन्स ४८ मेगापिक्सेलको हुनेछ ।

अध्यक्ष बिनका अनुसार उनले पछिल्ला केही हप्तादेखि यहीँ स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

यावत् समाचारहरुका आधारमा चिनिया कम्पनी शाओमीले नयाँ वर्ष सन् २०१९ को सुरुवातमै उपभोक्तालाई ४८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन उपहार दिने तयारीमा रहेको अनुमान गर्न सकिन्छ । यद्यपि यस फोनको मूल्य र अन्य फिचर्सका बारेमा भने हालसम्म केहीपनि खुलासा भएको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment