Comments Add Comment

काठमाडौं-जनकपुर पर्यटकीय बस थपिने

२३ मंसिर, काठमाडौं । विवाह पञ्चमीको लागि काठमाडौंबाट जनकपुर जाने पर्यटक बसको संख्या थप गरिने भएको छ ।

यस अघि दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौंबाट पर्यटकीय जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा गरिरहेको छ ।

विवाह पञ्चमीका अवसरमा हुने यात्रुहरुको अवस्था हेरेर सोही ट्राभलले बसको संख्या थप गर्ने भएको हो । बिवाह पञ्चमी मेला जनकपुरमा आगामी बुधबार लाग्दैछ ।

नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको र जनकपुरमा बिवाह पञ्चमीका बेला मेला लाग्ने भएकाले यात्रुहरुको चाप हेरेर बसको संख्या थप्न लागिएको कम्पनीका सञ्चालक दीपक थापाले बताए ।

जनकपुरका लागि काठमाडौंको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ छ । यो कम्पनीले काठमाडौं-पोखरा पर्यटकीय बस समेत सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment