Comments Add Comment

‘सुश्री सम्पत्ती’को व्यापार, साराका लागि साहारा

आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’लाई लिएर यसकी नायिका सारा सिर्पाली उत्साहित छिन् । साराको यो तेश्रो प्रोजेक्ट हो । उनी लगातार असफलताको ह्याट्रिकबाट बच्न चाहन्छिन् । यसका लागि उनको यो चलचित्र चल्न आवश्यक छ ।

कमेडी कथामा निर्माण भएको यो चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘अधकट्टी’ चलचित्र निर्देशन गरेर ठूलो पर्दाको निर्देशक बनेका आचार्य दर्शकलाई यो चलचित्रले पूर्ण मनोरञ्जन दिने बताउँछन् । रमेश त्वयनाको प्रस्तुतिमा तयार भएको चलचित्रमा सलोन बस्नेत र विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।

सम्पत्तीले भरिएकी एक यूवतीमाथि २ यूवाको नजर नै यो चलचित्रको मुख्य कथावस्तु हो । साथमा, नायिका प्रियंका कार्कीको आइटमले दर्शकलाई गर्मिलो बनाउन सक्छ ।

नायिका सारा आफूलाई यो चलचित्र चल्न आवश्यक रहेको बताउँछिन् । सारालाई मात्र होइन नायक सलोन बस्नेतका लागि पनि यो चलचित्र चल्न आवश्यक छ । सोलो नायकको रुपमा चलचित्र बोक्न नसकेको आरोप उनलाई छ । यो चलचित्रको व्यापार नायिका साराका लागि साहारा नै बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment