Comments Add Comment

टुँडिखेलमा स्वस्तिमको ‘कुटुमा कुटु’

‘नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक’ कार्यक्रम काठमाण्डौको टुँडिखेलमा सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँग सहकार्य गर्दै यो कार्यक्रम आयोजना गरेको हो । यो कार्यक्रममा नायिका स्वस्तिमा खड्काले चर्चित गीत ‘कुटुमा कुटु, गैरी खेतको सिरै हान्यो, नाच फिरिरी’ लगायतका गीतमा नृत्य गरेकी थिइन् ।

पछिल्लो समयमा स्वस्तिमाले नृत्य गरेका गीतहरु हिट भैरहेका छन् । यसैले पनि उनको स्टेजमा माग बढिरहेको छ । यो कार्यक्रममा गायक सुगम पोखरेल, आशिष राना, स्वप्न सुमन, डिजे सुमन, डिजे कुइन लगायतले पनि आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा बेली डान्सर विनु शाक्यल बेली डान्स प्रस्तुत गरेकी थियन् ।

कार्यक्रमा बर्ल्ड रग्बीको ट्रफी पनि रिलिज गरिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरेका थिए । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment