Comments Add Comment

नयाँ सिनेमाका लागि हेलिकप्टर उडाउन सिक्दै जान्भी

करण जोहरको प्रोडक्शन हाउस धर्माबाट बलिउडमा पाइला राखेकी नायिका जान्भी कपुरले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले काम गर्न लागेको नयाँ चलचित्र पनि करण जोहरकै प्रोडक्शन हाउसबाट बन्नेछ ।
यो चलचित्र बहादुर पाइलट गुञ्जन सक्सेनाको जीवनीमा आधारित रहेर बन्नेछ । यो चलचित्रका लागि हाल जान्भीले हेलिकप्टर उडाउन सिकिरिहेकी छिन् ।

यो चलचित्रमा जान्भीको अपोजिटको रुपमा साउथका स्टार सलमानलाई फाइनल गरिएको भारतीय मिडियामा उल्लेख छ । यो चलचित्र जान्भीमाथि केन्द्रित हुनेछ र सलमानले चलचित्रमा जान्भीसँग रोमान्स गर्नेछन् ।

यो चलचित्रमा जान्भीले हेलिकप्टर नै उडाउनु त पर्ने छैन । तर, त्यसभित्र बसेर कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा जान्भी अहिले अध्ययन गरिरहेकी छिन् । जान्भीलाई करणले आफ्नै प्रोडक्शनको अर्को चलचित्र ‘ताक्त’मा पनि फाइनल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment