Comments Add Comment

एनआरएनएलाई मन्त्री खनालको आग्रहः बाधा भए पन्छाउँछौं, लगानी गर्नुस्

२३ मंसिर, हङकङ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैर आवासीय नेपाली संघ एनआरएनएलाई आग्रह गरेका छन् ।

एनआरएन एशिया प्रशान्त क्षेत्रको भेलालाई हङकङमा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याँई नगर्न आग्रह गरे ।

केही नीति नियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पहिचान गर्न पनि सहयोग गर्ने बताए । कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने उनले बताए ।

अब नेपालको राजनीति अस्थितरतामा जाँदैन भन्ने कुराको उदाहरण तीन तहको चुनावले दिइसकेको उनको भनाइ थियो । २८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सृजना गर्ने तर्फ सरकार लागेको बताए ।

त्यसका लागि एनआरएनए एउटा सहयोगी संस्था हुन सक्ने भन्दै उनले झण्डै एक सय ४० अर्वको हाराहारिमा बस्तु आयात भएर चुलिदै गएको नेपालको व्यापार घाटा कम गर्न सकिने बताए ।

अव विगतलाई दोष दिएर उम्कन नपाइने भन्दै मन्त्री खनालले इतिहासले समृद्ध नेपाल निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारी अहिलेको सरकार र राजनीतिक नेतृत्वलाई दिएको टिप्पणी गरे ।

‘अव चुनावी नारा बाँडेर भोट माग्ने दिन सकिए’, मन्त्री खनालले भने, ‘सरकार दिर्घकालिन एजेण्डा बोकेर हिडेको छ, छिट्टै गन्तब्यमा पुग्छ, तपाईंहरु पनि सहयोगी बन्नुस् ।’

कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले आफूहरु नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न र क्षेत्र पहिचान गरी लगानी बढाउन तयार रहेको बताए ।
कार्यक्रममा सहभागी हुन शनिवार हङकङ गएका मन्त्री खनाल मंगलबार स्वदेश र्फकने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment