Comments Add Comment

‘साइँली’को गीतमा दया, गौरव र मेनुकाको यस्तो डान्स

चैत्रको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साइँली’को लोकलयको एउटा गीत सार्वजनिक भएको छ । ‘नाँच माया’ बोलको गीतमा हेमन्त रानाको स्वर, सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विशाल गुरुङ, मोहन राना मगरको लगानी छ । मनिराम पोखरेल चलचित्रका कार्यकारी निर्माता हुन् ।

चलचित्रमा दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका छ । ‘सुन साइली सुन साइली’ बोलको गीत हिट भएपछि त्यही गीतबाट यो चलचित्रको कथा जन्मिएको थियो । सार्वजनिक गीतमा गौरव र मेनुकाको बिहेमा दयाको नृत्य देखाइएको छ । निमेष श्रेष्ठ र किरण चाम्लिङ राइको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्र डी कार्कीको छायांकन चलचित्रमा छ ।

जीएस इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । कार्यक्रममा बोल्दै नायक दयाहाङ राइले आफूलाई नृत्य गर्न नआउने बताए । कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता समेत रहेका गायक हेमन्त रानको जन्मदिनको अवसरमा केक काटिएतापनि उनी नै उपस्थित भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment