Comments Add Comment

दुबईमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि आयोजक कास्की रेडलाई

युएई / दुबईमा सम्पन्न दोस्रो कास्की आदर्श कप भलिबल प्रतियोगिताको उपाधि आयोजक कास्की रेडले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक कास्की रेडले तमु प्हेलु संघलाई २५-२२ र २५-१६ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

विजयी टिमले ३ हजार दिहराम -९० हजार रुपैयाँ) र उपविजेताले २ हजार दिहरामका – ६० हजार रुपैयाँ) साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा कास्की रेडका डायमण्ड बस्नेत उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै ब्रोगान गु्रप अफ कम्पनीले वेष्ट टिमको उपाधि पायो भने फाइनल खेलमा कास्की रेडका बोम थापा म्यान अफ दि म्याच घोषित भए ।

सेमिफाइनलमा कास्की रेडले ब्रोगानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । उपबिजेता तमु प्हेलु संघले मोना युएईलाई सेमिफाइनलमा पाखा लगाएको थियो ।

कास्की आर्दश सेवा समाज युएईले गतवर्षबाट युएईमा भलिबल प्रतियोगितामा आयोजना गर्दै आएको हो ।

सधै काममा व्यस्त रहने नेपाली यूवाहरुलाई भलिबल खेलमा आकषिर्त गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक सुरेन जिशीले बताए । उनले भने, ‘यो ठाउँ भनेको कामका लागि नै आउने हो । यहाँ खेलकुद भन्ने कुरा नहुने होइन तर नगद पुरस्कार नै राखेर यस्ता प्रतियोगिता गर्न असम्भव प्रायः नै हुन्छ ।’

यो प्रतियोगिताका लागि मात्रै नभइ नेपाली यूवाहरुलाई खेल प्रतिको भावना जगाई राख्नका लागि पनि महत्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

दुबईको अल-बार्शामा सम्पन्न प्रतियोगितालाई काठमाण्डौ रेष्टुरेन्ट र नेपाली चुलो अबुधाबीले सहयोग गरेका थिए ।

गतवर्ष भएको प्रतियोगितामा ट्रान्स फाष्ट भलिबल क्लब अबुधाबीले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment