Comments Add Comment

स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी केदारबहादुर अधिकारीलार्इ

२३ मंसिर, काठमाडौ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारीलाई जिम्मेवारी दिएको छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो । यद्यपि, निर्णय औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन ।

मन्त्रिपरिषद्को बैठकले यसअघि गत असोज २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको थियो ।

हाल सचिवमा नियुक्त अधिकारी सहसचिव हुदाँ दुई वर्ष स्वास्थ्य मन्त्रालयमै कार्यरत थिए । उनी प्रशासन समुहका हुन् ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी १२ औ तहका डा. सुशील नाथ प्याकुरेलले सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment