Comments Add Comment

रोहितको टिम लिग वान च्याम्पियन

२३ मंसिर, काठमाडौं । नेपाली फुटबल खेलाडी रोहित चन्दको टिम पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग वान च्याम्पियन भएको छ ।

आइतबार सम्पन्न खेलमा मित्र कुकारलाई २-१ गोल अन्तरले पराजित गर्दै रोहितको क्लबले जाकार्ताले लिग वानको उपाधि जितेको हो ।

उपाधिका लागि अन्तिम खेल जित्नैपर्ने दबाबमा रहेको जाकार्तालाई जित दिलाउन मार्को सिमिस दुई गोल गरे । उनकै शानदार प्रदर्शनमा जाकार्ताले उपाधि उचाल्न सफल भयो ।

खेलको पहिलो हाफमा एक गोल गरेको जाकार्ताले खेलको दोस्रो हाफमा थप एक गोल गरेको थियो । जाकार्तालाई लिग वानको च्याम्पियन बनाउन नेपालका मिड्फिल्डर रोहित चन्दको पनि मुख्य भूमिका रहेको छ ।

नेपालका खेलाडी रोहित अन्तर्राष्ट्रिय क्लबबाट व्यवसायिक फुटबल खेल्ने चर्चित खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment