Comments Add Comment

बारपाकमा निःशुल्क स्वास्थ्य शिविर, ४२५ जना लाभान्वित

२३ मंसिर, गोरखा । गोरखाको बारपाकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ बज्र मनासलुले शनिबार सुलिकोट गाउँपालिका २ बारपाकस्थित हिमालय माविमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा ४२५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । धेरैजसोमा श्वासप्रश्वास, हाड जोर्नी र आँखाको समस्या देखिएको आयोजक समितिकी एक सदस्य रिता परियारले जानकारी दिइन् । कतिपय महिलाहरुमा पाठेघरको पनि समस्या देखिएको थियो ।

स्वास्थ्य जाँच गराउन आएकाहरु सबैलाई स्वास्थ्य परीक्षण, औषधि वितरण र एक्सरे सेवा निःशुल्क प्रदान गरिएको थियो ।

गोरखाको बिकट मानिने बारपाक २०७२ सालको बिनासकारी.भूकम्पको केन्द्रविन्दु हो । यहाँ आयोजित स्वास्थ्य शिविरको समन्वय सुलिकोट गाउँपालिकाले गरेको थियो । प्राविधिक सहयोग विज्ञान पोलिटेक्निक सेन्टर प्रालि (अर्याल मेडिकल हल)को थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment