Comments Add Comment

एनआरएनए नाइजेरियाको कार्यबहाक अध्यक्षको जिम्मेवारी विश्वास पौडेललाई

नाइजेरिया / एनआरएनए नाइजेरियाको कार्यबहाक अध्यक्षको जिम्मेवारी विश्वास पाैडेलले पाएका छन् ।

वर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कने भएपछि बाँकी कार्यकालका लागि  विश्वास कार्यबाहक अध्यक्षमा चयन भएका हुन् । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यसअघि संघका उपाध्यक्ष  थिए ।

त्यसैगरी संघले यहीँ डिसेम्बर २९-३० मा युगान्डाको कम्पलामा आयोजना  हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाँच सय सहयोग गर्ने निर्णय  गरेको छ ।

बैठकले एनआरएनए अन्तर्रास्ट्रिय समितिले सम्पन्न गर्न लागेको जानकी मन्दि र उज्यालो परियोजनाका लागि नाइजेरियाबाट सहयोग जुटाउन सचिव अभिषेकमान सिंहलाई संयोजक तोकेको छ ।

यसअघि एनआरएनएको अन्तर्रास्ट्रिय  समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सुनसरी र रसुवामा  पाँचवटा जिल्कामा  परियोजना सम्पन्न गरिसकेको संघले अब छैटौं परियोजना नेपालको अर्को नया जिल्लामा  यथाशीघ्र सम्पन्न गर्ने निर्णय  गरेको छ ।

संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तर्रास्ट्रिय समितिका कोषाध्यक्ष  हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाकोसमेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment