Comments Add Comment

ग्लोबल आइएमई बैंकका थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

२३ मंसिर, काठमाडाैं । ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका २ चमडामा र अजयमेरु गाँउपालिका ६ देवलमा, त्यसैगरी, बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका ४ बसालीमा र दोगडाकेदार गाँउपालिकाकै वडा नं. २ काफलकोट बडीयामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले डोटी जिल्लाको पुर्वीचौकी गाँउपालिका ५ चौखुट्टेमा, एव्म सोही पुर्वीचौकी गाँउपालिका १ शान्तिनगरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ ।

यि सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम–सिडीएमए–यूटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment