Comments Add Comment

हुण्डाईका गाडी किन्ने ग्राहकको १० लाखसम्मको बीमा

२३ मंसिर, काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई परिवार अन्तर्गत ‘हुण्डाई केयर’ योजना ल्याएको छ ।

जसमा हरेक नयाा हुण्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गरिनेछ । आफ्ना ग्राहकसाग नजिक र आत्मीय सम्बन्ध बनाउन हुण्डाई मोटर्सले ‘हुण्डाई परिवार योजना’ संचालन गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकको अमूल्य स्वास्थ्यलाई ध्यानमा राखि ल्याइएको ‘हुण्डाई केयर’ योजना अन्र्तगत हुण्डाईका नयाा ग्राहकले प्रत्येक हुण्डाई गाडीको खरिदमा रु १० लाख सम्मको बीमा सुविधा -फेमिली फ्लोटर स्किम) पाउनेछन् । यो योजनाले हुण्डाई गाडीको बजारिकरणमा समेत सघाउ पुर्‍याउने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment