Comments Add Comment

रोहित चन्द इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडी घोषित

२४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । जाकार्ताको मुख्य सदस्यको रुपमा रहंदै आएका रोहितले एकपछि अर्को राम्रो प्रदर्शन गर्दै आएका थिए ।

उनकै उत्कृष्ट प्रदर्शनमा जाकार्ताले लिग वानको उपाधि उचाल्न सफल भएको हो । अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment