Comments Add Comment

रानी अब ‘मर्दानी २’मा

नायिका रानी मुखर्जी चलचित्र ‘मर्दानी’बाट हिट भइन् । यो चलचित्र हिट भएपछि उनले अर्को चलचित्र ‘हिच्की’मा काम गरिन् । चलचित्र ‘मर्दानी’मा उनले क्राइम ब्रान्चमा काम गर्ने सिनियर इन्स्पेक्टरको भूमिकामा काम गरेकी थिइन् ।

अब, उनै रानी मुखर्जी चलचित्र ‘मर्दानी’को सिक्वेलमा काम गर्दैछिन् । यो चलचित्रलाई गोपी पुत्रानले निर्देशन गर्दैछन् । आदित्य चोपडाले निर्माण गर्न लागेको यो चलचित्र अर्को बर्ष छायांकनमा जाने बताइएको छ । सन् २०१९ कै मध्यभागमा चलचित्र रिलिज गर्ने योजना यशराज ब्यानरले बनाएको छ ।

नायिका मुखर्जीले अभिनय गरेको चलचित्र ‘हिच्की’ विश्व बजारमा सुपरहिट भएको थियो । नायिका मुखर्जीले ‘मर्दानी’ आफ्ना लागि विशेष रहेको र यो चलचित्र रिलिजपछि धेरैले यसको सिक्वेल कहिले बन्छ भनेर सोध्ने गरेको बताइन् ।

रानी आदित्य चोपडासँग बिहे गरेपछि केहि बर्ष हराइन् । तर, छोरीलाई जन्म दिएको केहि समयपछि उनले चलचित्रमा कमब्याक गरेकी थिइन् । उनले अभिनय गरेका दुबै चलचित्र बक्स अफिसमा हिट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment