Comments Add Comment

अम्बानीको पार्टीमा  बियोन्सको धमाका

भारतका धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे अगाडिको भव्य कार्यक्रम भारतको उदयपुरमा आयोजना गरिएको छ । सिंगो बलिउड नै उपस्थित भएको यो भव्य समारोहमा हलिउडकी चर्चित गायिका बियोन्स पनि अतिथी बनेर पुगेकी थिइन् ।

बियोन्सले यो भव्य समारोहमा आफ्नो धमकेदार प्रस्तुति दिएकी छिन् । अम्बानी परिवारले छोरीको बिहे अगाडिको भव्य पार्टी दिदै गर्दा बलिउडका सुपरस्टार साहरुख खान, सलमान खान, आमिर खानले समेत स्टेजमा ठुम्का लगाए ।
२७ बर्ष इशाले ३३ बर्षका आनन्द पिरामलसँग बिहे गर्दैछिन् । उनीहरुको बिहेको केही दिन अगाडि मात्र यो भव्य समारोहको आयोजना गरिएको हो । ताज लेक प्यालेसमा आयोजना भएको कार्यक्रममा बियोन्सले हट पहिरनमा प्रस्तुति दिएकी थिइन् ।

यो कार्यक्रममा अमेरिकाकी चर्चित नेतृ हिलारी क्लिन्टन पनि सहभागी भएकी थिइन् । कार्यक्रम सकेर बियोन्स आफ्नो देश फर्किएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment