Comments Add Comment

न्युयोर्कमा गुञ्जिए २० नेपाली स्रष्टाका कालजयी गीत

न्युयोर्क / नेपाली अमेरिकन कलाकार संघले सांगीतिक कार्यक्रम गरी यही डिसेम्बर ८ मा पहिलोपटक नेपालका श्रष्टा र सर्जकहरुको सम्मान गरेको छ ।

अमेरिकामै पहिलो पटक न्यूयोर्कस्थित शेर्पा किदुगको हलमा सांगीतिक सांझको आयोजना गरिएको हो । कार्यक्रमा नेपाली स्थानीय कलाकारहरुले पुराना कलाकारहरुको सम्झनामा उनीहरुकै गीत गाएका थिए ।

पुराना स्रटाहरुको गीतहरुलाई  प्रवासी भूमिमा पनि नेपाली समुदायमा अहिलेका पुस्ताले गाउने र  उनीहरुको सम्मानमा कार्यक्रमले पूर्खाको देनलाई ठूलो सम्मान गर्न सकेको अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगरले बताएका छन्।

कार्यक्रममा सेतुराम, मेलवादेवी, मित्रसेन, शिवशंकर, धर्मराज थापा, अम्बर गुरूङ, नातिकाजी, फत्तेमान, नारायण गोपाल, पन्नाकाजी, गोपाल योन्जन, तारादेवी, झलकमान, अरुणा लामा, कल्याण शेरचन, अरुण थापा, राम थापा, लोकबहादुर क्षेत्री, प्रबिण गुरुङ आदिका गीतहरू प्रस्तुत गरिएको थियो ।

गायक/गायिकाहरु सपना श्री, जगदिश समाल, बिमल डाँगी, रोशन गुरुङ, भगवान भण्डारी, तिलक बम मल्ल, सुमन बुढामगर, लक्ष्मण पौडेल, सरीता डाँगी, राजु ढुङ्गेल, रेश्मा सुनार, निसा सुनार, अभय ढुङ्गेल, तुलसीराम न्यौपानेलगायतका कलाकारहरुले पुराना श्रष्ठाका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली अमेरिकन कलाकार संघका महासचिव गायक बिमल डाँगीले भने, ‘नेपाली संगीतको इतिहास ऊहाँहरुबाट शुरुअात भयो र त वर्तमानमा हामी नेपाली संगीतमा रमाइरहेका छौं, ऊहाँहरुलाई स्मरण गर्नु अनि ऊनै सिर्जनाहरुलाई संगीत पारखीमाझ पुर्‍याउनु हाम्रो जिम्मेवारी पनि हो । ऊहाँहरु जस्तै अग्रजहरुले बनाएको बाटो पछ्याइरहेका हामीले हाम्रा अग्रजलाई सम्झना गर्न सके भावी पुस्ताले पनि सोहि गर्नेछन् ।’

साथै, कलाकार संघले हरेक वर्ष प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट पुरस्कार यो शिशिर श्रेष्ठ र गोमा योन्जनलाई प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment