Comments Add Comment

चितवनमा आँचल र पुष्पलको जोडी

नायक पुष्पल खड्काले एकपछि अर्को चलचित्रमा चर्चित नायिकाहरुसँग जोडी बाँधिरहेका छन् । शिल्पा पोखरेलपछि पुष्पल अब नायिका आँचल शर्मासँग चलचित्र ‘दाल भात तरकारी’मा आँचलसँग जोडी बाँधिरहेका छन् । यसपछि उनी चलचित्र ‘मारुनी’मा साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडीको रुपमा देखिदैछन् । उनै पुष्पल र आँचल अहिले चितवनमा यो चलचित्रको छायांकनमा व्यस्त छन् ।

यो चलचित्रमा एक अर्काको जोडी बन्न पाउँदा आँचल र पुष्पल खुशी देखिएका छन् । नायक पल शाहसँग मात्र जोडी बाँधेको आरोप खेपिरहेकी आँचल पहिलो पटक चलचित्रमा पुष्पलसँग देखिन लागेकी हुन् । यो जोडीले एक अर्कासँग काम गर्दा निकै नै खुशी लागेको र जोडी सुहाएको पनि बताएको छ ।

पुष्पल र आँचललाई दर्शकले म्यूजिक भिडियोमा रुचाएका छन् । यसैले पनि यो जोडीलाई चलचित्रमा पनि जम्नुपर्ने चुनौती छ । यो चलचित्रमा पुष्पल ‘राउ’ नामक पात्रको भूमिकामा छन् भने आँचल ‘पिंकी’को भूमिकामा देखिएकी छिन् । सुदन केसीले निर्देशन गरिरहेको चलचित्रमा हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका छ । वैशाख १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

 

तस्बिर सौजन्यः रवि अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment