Comments Add Comment

ईपीएल : पोखराद्वारा ललितपुरलाई १६७ रनको चुनौती

२४ मंसिर, काठमाडौं । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसलाई १६७ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएपछि ललितपुरले मध्यम स्कोरको लक्ष्य पाएको हो ।

पोखराका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचार्ड लेभीले विष्फोटक ब्याटिङ गर्दै आफ्नो टिमलाई उकासेका थिए । लेभीले उत्कृष्ट प्रदर्शन गर्दै ८४ रन बनाए । उनले ३९ बलमा विष्फोटक ब्याटिङ गर्दै ९ छक्का र तीन चौका प्रहार गरे । उनले कप्तान कायल कोएट्जरसँग मिलेर ९७ रनको साझेदारी गरे ।

तर लेभी आउट भएसँगै पोखराले ठूलो स्कोर बनाउन सकेन । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनिल धमला ११ बलमा १० रन बनाएर आउट हुदा कप्तान कोएट्जरले ३१ बलमा १९ रन बनाएर आउट भए ।

त्यसपछि पोखराको धराप इनिङ्स सम्हाल्न पाउल कौगलिन र विनोद भण्डारी आए । भण्डारीले २३ बलमा अविजित ३४ रन बनाए भने कौगलिन १४ रनमा रनआउट भए । यी दुई ब्याट्सम्यानले ४८ रनको साँझेदारी गरेका थिए ।

बलिङतर्फ पवन सर्राफले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment