Comments Add Comment

गर्भपातपछि यौन सम्पर्कः कसरी बनाउने सुरक्षित सम्बन्ध ?

प्रेम पछि विवाह । विवाह पछि वालवच्चा । अक्सर हामी यस्तै चक्रमा घुम्ने गर्छौं । विवाह पछि दम्पतीको चाह हुन्छ, आफ्नै गर्भको बच्चा । यसका लागि कतिले निश्चित योजना तय गर्छन् र योजना अनुसार नै गर्भधारण गर्छन् ।

दम्पतीको काम, व्यस्तता, आर्थिक अवस्था सबै कुरा ख्यालबिचार गरेर गर्भधारण गर्ने गरिन्छ । यसरी गर्भधारण गरेपछि अनावश्यक वा अप्रत्यासित झन्झट व्यहोर्नुपर्दैन ।

अतः जसै गर्भधारणको संकेत मिल्छ, दम्पतीबीच एक किसिमको उमंग छाउँछ । उनीहरु रोमाञ्चित हुन्छन् । यसरी सुनियोजित ढंगले गरिने गर्भधानपछि घर-परिवारले खुसी मनाउँछन् ।

तर, बेलाबखत यस्ता खुसी तुहिने गर्छ । अर्थात अनायसै गर्भपात हुनसक्छ । यसमा अनेक कारण हुनसक्छ । दम्पतीले नचाहेर हुने यस्ता गर्भपातले उनीहरुको खुसी लुटिन्छ । उनीहरु दुखी हुन्छन् ।

तर, दुखी हुनुपर्ने वा चिन्ता गरिहाल्नुपर्ने कारण पनि होइन यो । एक पटक गर्भपात हुँदैमा अर्को पटक त्यसको विकल्प सुरक्षित रहँदैन भन्ने होइन । गर्भ रहन्छ । तर, यसका लागि आवश्यक प्रक्रिया कहिले थाल्ने ?

जब गर्भपात हुन्छ, अक्सर महिलामा तनाव हुन्छ । उनीहरुको दिमागमा के कुरा आउँछ भने ‘के दोस्रो पटक आमा बन्न सकिएला ? दोस्रो पटक पनि गर्भपात हुने भयो भने ? यसका साथै सबैभन्दा जरुरी प्रश्न त सेक्स लाइफ के हुनेछ भन्ने आउनसक्छ ।

यस्तो स्थितीमा मनमा जिज्ञासा उठ्नु स्वभाविक हो । यो नाजुक अवस्थामा पार्टनरहरु एकअर्काको भावनासँग जोडिनु आवश्यक हुन्छ । गर्भपात पछि यौन सम्पर्क, यो एक निकै जटिल प्रश्न हो । अब कहिलेबाट यौन जीवन सुरु गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । खासगरी शारीरिक र मानसिक रुपले तयार हुनु ।

गर्भपात लगत्तै शरीर तयार हुँदैन

गर्भपातपछि सबैभन्दा ठूलो चिन्ता के हुन्छ भने कुनैपनि संभावित संक्रमणबाट बच्नका लागि गर्भाशय अर्थात सर्भिक्स बन्द हुनुपर्छ । अक्सर गर्भपातपछि, भ्रुण निस्कनका लागि गर्भाशय खुला हुनुपर्छ र गर्भाशय बन्द हुने क्रम गर्भधारणपछिको सप्ताह वा अवधीमा निर्भर गर्छ । यसकारण सर्भिक्स बन्द हुनका लागि केही सप्ताह वा महिना पनि लाग्न सक्छ । केही परिक्षणबाट यो कुरा पुष्टि हुन्छ कि, तपाईको गर्भाशय बन्द भएको छ । र, अब यौन जीवन सुरु गरे हुन्छ ।

कामेच्छा नहुनु

तपाई शारीरिक रुपले ठिक हुनुभयो । यसको अर्थ के होइन भने, तपाईं मानसिक र भावनात्मक रुपले गर्भपातपछि यौन सम्पर्कका लागि पनि ठिक हुनुभयो ।

किनभने तपाईंको मनमा एक किसिमको अज्ञात भय कायमै रहन्छ । यौन सम्पर्कका लागि तपाईं मानसिक रुपले अझै पनि तयार हुनुभएको हुँदैन । यसले गर्दा तपाईंको कामेच्छामा कमी आउँछ ।

कहिले गर्नुपर्छ गर्भधारण ?

गर्भपातपछि यौन सम्पर्क कहिले गर्ने त ? यसका लागि शारीरिक मात्र होइन भानावत्मक रुपले पनि तयार हुनुपर्छ । यौन सम्पर्कका लागि कम्तीमा तीन महिना पर्खनुपर्छ । यस अवधीमा आफ्नो शरीरमा क्षय भएको फोलिक एसिड र शारीरिक शक्ति बढ्न सक्छ । यस समयमा गर्भपातपछि बनेको थाइराइड वा इन्सुलिनको जाँच पनि गर्न सकिन्छ । यसपछि आवश्यक परेमा चिकित्सकसँग पनि परामर्श लिएर गर्भधारणका लागि तयारी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment