Comments Add Comment

कुञ्ज थिएटरमा ‘लिलामे माइलो’

काठमाडौको रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा नाटक मञ्चन भैरहेको छ । ‘लिलामे माइलो’ नामक नाटक मंसिर १४ बाट सुरु भई पुस ७ गते सम्म नयाँ बानेश्वर थापागाउँ, सिडिओटोलमा रहेको कुञ्ज थिएटरमामा मञ्चन हुनेछ । नाटक हरेक दिन ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजेबाट मञ्चन हुनेछ ।

नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेली ड्रामा हो । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानिय रहसन, संस्कृती, पर्बलाई नाटकमा उतारिएको छ । कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेको नाटकमा प्रभाकर न्यौपानेको कथा र निर्देशन छ ।

यो नाटकमा राज थापा काउचा, सलमान खान, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने आदिको अभिनय छ । नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिएका छन् । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जिलिङ्ग, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment