Comments Add Comment

नेपाललाई हिन्दुराष्ट्र बनाउन जनमतसंग्रह गराैंः शंशाक कोइराला

२४ मंसिर, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई पुनः हिन्दुराष्ट्र बनाउनुपर्ने माग गरेका छन् । उनले जनमतसंग्रहमार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने बताए ।

भरतपुरमा गणेशधाम निर्माणार्थ आयोजित बृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनताको सर्मथन र मतका आधारमा देशलाई हिन्दूराष्ट्र बनाउनुपर्नेमा जोड दिए । ‘मेरो व्यक्ति चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजˆती होइन जनमत संग्रह गराएर घोषणा गर्नुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतामा दिनुपर्ने बताए ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने बताए । उनले नेपालमा धर्म स्वतन्त्रता पनि हुनुपर्ने तर्क गरे ।

देश हिन्दुराष्ट्र भएपनि धर्ममान्ने स्वतन्त्रता भने सवैलाई रहने महामन्त्री कोइरालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment