Comments Add Comment

रसुवागढीका भन्सार अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको राजश्व छली मुद्दा

२४ मंसिर, काठमाडौं । मिलेमतोमा भन्सारमा आएका समान राजश्व छलेर पास गर्ने तत्तकालीन भन्सार अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार जिल्ला अदालतमा राजश्व छलीको अभियोगमा ७५ करोड ५९ लाख बराबरको विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो ।

रसुवा भन्सार कार्यालयमा खटिएका भन्सार अधिकृत पवित्रकुमार खड्का र भन्सार जाँचकी धिरजकुमार थापाले मिलेमतोमा नै राजस्व कम असुल गरी आयातित मालबस्तुको गलत घोषणा गरेर राजश्व छलेको आरोप लगाउँदै मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

यसमा पैठारीकर्ता मितेरी इन्टरनेशनलका सुमन श्रेष्ठ र उनका सहयोगी रन्जन त्रिपाठीलाई पनि मुख्य अभियुक्त बनाइएको छ । सामान पैठारीमा संलग्न गाडीका धनी धनबहादुर तामाङ र चालक डम्बरबहादुर श्रेष्ठलाई मुद्दा चलाइएको छ ।

विभागले रसुवा भन्सारबाट जाँचपास भइसकेको गाडी भौतिक परिक्षणको क्रममा पैठारीकर्ताले भन्सार बिन्दु (प्रज्ञापनपत्र) मा घोषणा गरेको भन्दा फरक र धेरै समान रहेको भेटाएको थियो । एउटा देशमा उत्पादन भएको सामानलाई अर्कै देशमा उत्पादन भएको भनी जाँचपास तथा ढुवानी गरी राजस्व चुहावट गरेको पाइएको थियो ।

जाँचपास कागजातमा भेस्ट ८ हजार ८८० थान उल्लेख भएकोमा २३ हजार ६२९ सेट -भेष्ट र कट्टु समेत) परिमाण आयात गरेको भेटिएको थियो ।

१८ हजार ७९० थान बेबी इलेस्टिक कट्टी र ५ हजार ८३५ थान इलेस्टिक कट्टु उल्लेख भएकोमा ती सामान गाडीमा भेटिएका थिएनन् ।

सामानहरुको मूल्य, गुणस्तर, आकार, नाप, प्रकृतिबाट र उत्पतिको आधारमा फरक देखिने स्वाभाविक आधारलाई नजरअन्दाज गरी भन्सार जाँचकी थापा र भन्सार अधिकृत खड्काले सुमन श्रेष्ठ, रन्जनकुमार त्रिपाठी, धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठसँग आपसीसल्लाहमा राज्यलाई नोक्सान हुने गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ । उनीहरुले ७ करोड ५९ लाख ६३ हजार रुपैयाँ राजस्व चुहावट गरेको ठहर विभागको छ ।

उनीहरु सबैको विगो र जरिवनासहित ७५ करोड ५९ लाख रुपैयाा बराबरको मागदावी गर्दै मुद्दा चलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment