Comments Add Comment

केन्द्रीय कारागारबाट भरतपुर सारिएका एक कैदीको मृत्यु

२४ मंसिर, चितवन । केन्द्रीय कारागारबाट आइतबार मात्रैं भरतपुर कारागार ल्याइएका कैदीको सोमबार मृत्यु भएको छ ।

टाउकोमा ट्युमर भएको भनी क्यान्सरको आशंकामा भरतपुर ल्याइएका ३५ वर्षीय कैदी धनेश शाहको मृत्यु भैको जिल्ला कारागार भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई भरतपुर अस्पताल उपचारका लागि पठाउँदै गर्दा बाटोमा नै मृत्यु भएको काफ्लेले जानकारी दिए ।

भरतपुर अस्पताल र कारागार बीचको दुरी करिब तीन सय मिटर छ । उनको शव भरतपुर अस्पतालमा नै छ ।

बारा जिल्ला मुसरहरबा स्थायी ठेगाना भएका साह लागूऔषध खैरो हिरोइनको कारोबार मुद्दामा वि.सं. २०६३ जेठ ९ गते जेल परेका थिए ।

१५ वर्ष कैद र पाँच लाख जरिवाना तोकिएका उनको कैद भुक्तान हुन तीन वर्ष मात्र बाँकी रहेको प्रमुख काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment