Comments Add Comment

नारायणगढ मुग्लिन खण्डमा भासिएको सडक निर्माण सुरु

२४, मंसिर, चितवन । निर्माण कार्य नसकिँदै भतेरी जंगलमा नजिक भासिएको नारायणगढ मुग्लिन सडकखण्डको पुनर्निर्माणको काम अघि बढाइएको छ ।

भासिएको ठाउँलाई भत्काएर तलबाट नै वाल लगाउने काम भइरहेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

सो खण्ड निर्माणको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले नै भासिएको सडक निर्माणको काम थालेको हो । सो स्थानमा करिब एक सय मिटर (लम्बाइ) सडक भासिएको छ । यो भन्दा बढी भासिएको १७ किलो र २६ किलोमा भने सडक निर्माणको काम अघि बढ्न सकेको छैन ।

आयोजना प्रमुख रोहितकुमार विसुरालले विभागले प्राविधिक टोली पठाएर अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए । परामर्शदाता नियुक्त गरेर अध्ययनसहित डिजाइन तयार भएपछि बल्ल विभागले टेण्डर गर्नेछ ।

टेन्डरपछि निर्माणको काम नारायणगढ-मुग्लिन सडक आयोजनाले हेर्ने प्रमुख रोहितकुमार बिसुरालले बताए । १७ किलो र २१ किलोमा भासिएको सडक आयोजनाले मर्मत गर्नुपर्ने छ । यहाँ ठेकेदारका कारणले समस्या नआएकोले आयोजनाले नै सडक बनाउनुपर्ने प्रमुख विसुरालले अनलाइनखबरसँग टेलिफोनमा बताए ।

१५ बर्ष अगाडि रक एङ्करिङ गरेर फराकिलो बनाएको ठाउँमा समस्या भएर सडक भासिएको आयोजनाले जनाएको छ । सडक भासिदा १७ किलोमा बढी समस्या भएको छ । यहाँ एकतर्फी मात्रै गाडी चल्छन् । सडक साढे दुई मिटर मात्रै सडक बाँकी छ । भासिने क्रम बढ्दै गएको छ । दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment