Comments Add Comment

नक्कली सुन बेच्न खोज्दा समातिए दुई जना

२४ मंसिर, काठमाडौं । नक्कली सुन देखाएर विक्री गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर लामा र राजिव तामाङ छन् ।

उनीहरुले २४ मंसिरमा दुई किलो सुन जस्तो देखिने धातुलाई सक्कली सुन भनेर ६६ लाखमा बेच्न खोजेको प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।

बोगटीका अनुसार उनीहरुले विक्री गर्नै लाग्दा प्राप्त भएको सूचनाको आधारमा बौद्ध स्तुपा नजिकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली भनेर बेचेको आरोपमा पक्राउ परेका थिए । तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छाडेको थियो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment