Comments Add Comment

टुँडिखेलमा रग्बी महोत्सव

२४ मंसिर, काठमाडौं । नेपालमा भइरहेको रग्बी विश्वकपको ट्रफी टुर अन्तर्गत सोमबार टुँडिखेलमा रग्बी महोत्सव गरिएको छ । महोत्सवमा झण्डै २५ सय जना सहभागी भएका छन् ।

बुधबारदेखि नेपालमा रहेको रग्बी विश्वकप ट्रफीलाई काठमाडौंका मठ मन्दिर अगाडि प्रदर्शन गरिनुका साथै सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थरसम्म पुर्‍याइएको थियो ।

सोमबार टुँडिखेलमा रग्बी ट्रफी प्रदर्शनीसँगै कलाकारहरुको प्रस्तुति र महिला रग्बी सेभेन, पुरुष रग्बी प्रतियोगिता आयोजना गरिएको थियो । नेपाल रग्बी सङ्घको समन्वयमा भएको कार्यक्रम उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए ।

रग्वी विश्वकप २०१९ सेप्टेम्बर २० देखि जापानमा हुने भएकाले पनि यसपटक एसियामा ट्रफी टुर गरिएको हो ।

रग्बीको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र अघिल्लो महिना विश्वकप क्रिकेटको ट्रफी पनि ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment